Thursday, April 15, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

महोत्तरी : बालिकाहरु बम्बई लाने गिरोह खोज्दै प्रहरी

mm by द पब्लिक टुडे
२ हप्ता अगाडि
तस्बिरहरु : राजकरण महतो

तस्बिरहरु : राजकरण महतो

राजकरण महतो
बर्दिवास, चैत २० गते ।
भारतको सीतामढीबाट उद्दार गरिएका महोत्तरीका सात जना किशोरी तथा बालिकालाई मनोविमर्शका लागि ओरेक नेपालको सेफ हाउस पठाइएको छ ।

The Public Today

उनीहरुलाई मुम्बई लान खोज्ने गिरोहलाई प्रहरीले खोजी गरिरहेको छ । समाजमा पुर्नःस्थापाना गर्न बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरीले ओरेकलाई काउन्सिलिङका लागि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जनाए ।

घाँस काट्न घरबाट मंगलबार दिउँसो निस्किकी भंगहा–८ धर्मपुरका २ किशोरी तथा पाँच बालिका सहित सातै जनालाई मानव तस्करको गिरोहले रातारात मुम्बई लग्दै गर्दा भारतीय प्रहरीले सीतामढीस्थित रेल्वे स्टेशनमा फेला परेको थियो ।

११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा र रञ्जना पासवान, १३ वर्षीया ज्योती र रिया पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीय अस्मिता पासवानलाई तस्करले बिक्री गर्न लाँदै गर्दा प्रहरीले उद्दार गरेको थियो ।उनीहरु एकै टोलका हुन् ।

ओरक नेपाल महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीका अनुसार बालिका तथा किशोरीहरुलाई पूर्ववतःजीवन शैलीमा फर्काउन प्रयास भइरहेको छ ।

‘उनीहरु सबै डराइरहेका छन् । खाना खाँदैन । सानी बच्चीहरु रोइरहेका छन्,’बालिका तथा किशोरीहरुको अवस्था बारे बताउँदै अधिकृत दियालीले भनिन्,‘अब कसरी फेरि घर फर्किएर जाने रु गाउँमा कसरी मुख देखाउने रु कसरी स्कुलका साथीहरुसँग बसेर पढ्ने रु जस्ता कुरामा उनीहरु मन डुलाइरहेका छन्’ सात जना मध्ये ६ जना बालिका गाउँकै सरयुग आशाराम आधारभूत विद्यालयमा अध्ययरत छन् ।

कसैले फकाएर भारत पुगेका उनीहरुलाई प्रहरीले फेला पारेपछि निकै त्रसित रहेको उनले बताइन् । ‘त्यसैले उनीहरुलाई समाजिक जीवनमा फर्काउन र जीवनप्रति आशावादी बनाउन काउन्सिलिङ गर्दैछौँ । बालिका तथा किशोरीहरुको मन शान्त भएपछि प्रहरीलाई अनुसन्धान गर्न पनि सहज हुन्छ’ उनले बताइन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीतामढीबाट उद्दार गरेर बुधबार राति साँढे ११ बजे उनीहरुलाई महोत्तरीको जलेश्वर ल्याएको थियो । बिहीबार दिनभर महिला तथा बालबालिका कक्षमा राखेर उनीहरुलाई प्रहरीले हौसल्ला प्रदान गरेको थियो ।

यता प्रहरीले बालिका तथा किशोरीलाई सीमा कटाउने गिरोहको खोजी गर्न पारिका सुरक्षा निकायसँग सहकार्य गरेर खोजी कार्य तिब्र पारिएका छन् । भिट्टामोड सीमा नजिकैबाट घरबाट उनीहरुले घाँस काट्न लगेको बोरा र कचियाँ बरामद भएको छ ।

‘टेम्पोमा चढेर उनीहरु सीमा नाकासम्म पुगेका थिए । प्रहरीको आँखा छलेर उनीहरुलाई मंगलबार साँझ ५ बजे तिर चोरबाटोबाट भारत तिर गएका थिए । त्यहाँबाट सार्वजनिक बस चढेर सीतामढी रेल्वे स्टेशन पुगेका ट्राभल हिस्ट्री देखिन्छ ’ एसपी आचार्य भन्छन् ।

कोरोना संक्रमण फैलिएपछि गत वर्ष चैत्र ११ गतेदेखि नै भिट्टामोड नाका सील छ । तर, गिरोहले चोरबाट उनीहरुलाई भारत तिर लगेको प्रहरीको भनाइ छ ।

प्रहरीले खोजवीन गरेपछि मानव तस्करका समूह बालिका तथा किशोरीहरुलाई रल्वे स्टेशनमा अलपत्र छाडेर फरार भएको प्रहरी श्रोतले जनायो । उनीहरुसँग साथमा मोवाइल छैन । त्यसैले उनीहरुलाई गाउँबाटै गिरोहले ललाइफकाइ सीमा कटाएको देखिने अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

मुख्य

ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’

११ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-३

प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे

११ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित

११ घण्टा अगाडि
File Photo
ब्रेकिङ्ग न्युज-३

भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

१२ घण्टा अगाडि
मुख्य

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

१२ घण्टा अगाडि
फाइल फोटो
मुख्य

नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको निधन

१३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’

११ घण्टा अगाडि

प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे

११ घण्टा अगाडि

राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित

११ घण्टा अगाडि
File Photo

भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

१२ घण्टा अगाडि

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

१२ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरीमा चक्का पड्किएर सेनाको जिप पल्टियो : ५ जना घाइते, दुईको अवस्था गम्भिर

    163 shares
    Share 65 Tweet 41
  • धनुषाको ढल्केवरमा पहिलो पटक महोत्सव लाग्दै, चैत २९ बाट सुरु हुने

    252 shares
    Share 101 Tweet 63
  • ढल्केवर महोत्सव आजदेखि सुरु हुँदै, पुर्वमन्त्रीले उद्घाटन गर्ने

    112 shares
    Share 45 Tweet 28
  • महोत्तरी : मन्त्रालयले अधिकृत पठाएपछि गाउँपालिकामा लगाइएको ताल्चा खुल्यो

    107 shares
    Share 43 Tweet 27
  • पत्रकारको चुनाव : महोत्तरीमा कमलेश मण्डलको प्यानल विजयी

    201 shares
    Share 80 Tweet 50

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’
  • प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे
  • राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित
  • भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए
  • जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल