काठमाडाैं, चैत २१ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाज फासीवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका छन्।
शुक्रबार वामपन्थी नेता स्व. माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलिसभामा बोल्दै अध्यक्ष प्रचण्डले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउँदै नेपाली समाजलाई फासिँवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताएका हुन्। देशभित्र र बाहिरका शक्तिहरु संवैधानिक निकायहरु समेतको संलग्नतामा सेटिङमा लागेको उनको आरोप छ।
‘समाज चरम फासीवादी निरंकुशतातिर जाने खतरा छ। हामी त्यसका विरुद्ध खबरदारी गरिरहेका छौँ। अहिले तपाईं हामीले सुन्ने गरेको शब्द एउटा छ। अलि बढी नै सुन्ने गरेका छौँ, सेटिङ,’ उनले भने, ‘देशभित्रका, बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुका बीचमा सेटिङ हुने। नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने।’
Discussion about this post