द पब्लिक टुडे
बर्दिबास, चैत्र २१ गते । महोत्तरीको बर्दिबासका एक शिक्षकले आफ्नो छोराको स्मुतिमा महोत्तरीको बर्दिबासमा शिशिर घिमिरे स्मृति प्रतिस्ठान स्थापना गरिएको छ ।
जनता माध्यमिक बिधालय बर्दिबासका शिक्षक प्रेम घिमिरेले आफ्ना कान्छो छोराको स्मृतिमा प्रतिष्ठानको स्थापना गरेको हो । प्रतिष्ठानले साहित्य क्षेत्रमा काम गर्ने बताइएको छ ।
शनिबार गौरीशंकर होटलमा एक कार्यक्रमका बिच प्रतिष्ठानको स्थापनाको घोषणा गरिएको छ । शिशिरको २०७५ सालमा दुर्घटनामा परेर ज्यान गएको थियो ।
Discussion about this post