कोरोना फैलिएपछि महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु

File Photo

काठमाडौं, चैत २३ गते । कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतको महाराष्ट्र राज्य सरकारले रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्यु राति आठ बजेदेखि बिहान सात बजेसम्म लागु हुने छ भने सप्ताहान्तमा पूर्णरुपमा लकडाउन हुने छ ।

आइतबार सार्वजनिक गरिएको २४ घण्टाको कोरोना परीक्षण रिपोर्टमा भारतमा ९३ हजार बढीमा संक्रमण पुष्टि भएको थियो । सो संख्याको आधाभन्दा बढी संक्रमित महाराष्ट्र राज्यका थिए ।

यसबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेषज्ञ टोलीलाई महाराष्ट्र जान र संक्रमण तीव्र रुपमा फैलिनुको कारण पत्ता लगाउन भनेका छन् ।

नयाँ संक्रमित उल्लेख्य संख्यामा थपिँदै गएपछि महाराष्ट्र सरकारले अत्यावश्यक सेवालाई मात्र जारी राख्ने निर्णय गरेको छ । ग्राहकहरुले रेष्टुरेन्टमा बसेर खान पाउने छैनन् । उनीहरुले खाना प्याक गरेर घरमै लगेर खानुपर्ने नियम बनाइएको छ ।

यसैगरी सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै बोलाउन, सकेसम्म घरमै बसेर काम गर्न र सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न अपील गरिएको छ ।

यी नियमहरु अप्रिल ३० तारिखसम्म लागु हुने महाराष्ट्र सरकारले मछ ।