महोत्तरीमा खाद्य स्वच्छता सम्बन्धी एकदिने अभीमूखिकरण सम्पन्न

रामबाबु यादव
गौशाला, चैत २४ गते ।
महोत्तरीमा खाद्य स्वच्छता सम्बन्धी एकदिने अभीमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलवार महोत्तरीको गौशाला नगरपालिका–५ बजारस्थित रहेको उद्योग वाण्ज्यि संघको सभाहलमा खाद्य स्वच्छताको आधारमा होटेल, क्यान्टिन, रेष्टुरेन्ट स्तरीकरण तथा लोगो सम्बन्धि अमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरको आयोजनामा कार्यक्रम गरिएको छ । बजारमा रहेका सम्पुर्ण होटेल तथा क्यान्टिनबाट उपभोक्तलाई दिईरहेको खद्यान्न सामग्री सरसफाई, गुणस्तरीय तथा स्वच्छता सम्बन्धी चेक जाँचको आधारमा लोगो प्रदान गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरका प्रमुख श्रवण कुमार साहले बताए ।

कार्यालय प्रमुख साहका अनुसार प्रदान गरिने लोगो चार प्रकारको रह्ने र गुणस्तरीयको आधारमा लोगो प्रदान गरिनेछ ।

बजारमा रहेको होटेल तथा रेष्टुरेन्टलाई चेकजाँच गर्न सात सदस्यीय समिती समेत च्यन गरिएको छ । समितीमा उद्योग वाणिज्य संघ, प्रहरीप्रशासन, होटेल व्यवसायीहरुको प्रतिनिधी रहेको बताइएको छ ।

गठित अनुगमन समितीले अगामी जेष्ठ ४ गतेबाट गुणस्तरीय सम्बन्धी चेकजाँच थाल्ने अनुगमन समितिका सदस्य समेत रहेका गौशाला उद्योग वाणिज्य संघका सदस्य श्याम साहले जनाए ।