जनकपुरधाम, चैत २५ गते । लोक सेवा आयोगले बुधबार राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको छ।
आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।
आयोगले सूचना जारी गरी आफ्ना विभिन्न कार्यालय मातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन माग गरेको हो।
आयोगका कार्यालयहरू इलाम‚ धनकुटा, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले उक्त पदको माग गरेको हो।
१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्।
उक्त विभिन्न पदमा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जनाइएको छ। आवेदनका लागि http://psconline.psc.gov.np/ मार्फत आवेदन दिन सकिने छ।

Discussion about this post