सम्पादक राजकरण महतो सचिवमा निर्वाचित

द पब्लिक टुडे
ढल्केवर, चैत २५ गते ।
द पब्लिक टुडे डटकमका सम्पादक राजकरण महतो नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सचिव पदमा निर्वाचित भएका छन् ।

पब्लिक टुडे पब्लिकेशन प्रालिद्वारा सञ्चालित द पब्लिक टुडे डटकमका सम्पादक महतो २२ मत ल्याएर सचिव पदमा निर्वाचित भएका हुन् ।

अन्नपूर्ण पोस्टका प्रदेश २ व्यूरोका डेस्क रिपोर्टर समेत रहेका महतोले आफ्नो प्रतिद्वन्दी रञ्जन भण्डारीलाई ३ मतले पराजित गर्दै जीत हात पारेको हो । भण्डारीले १९ मत ल्याएका छन् ।

पत्रकार महतो पत्रकारिता क्षेत्रमा सक्रिय भएर लागिरहेका छन् । उनले चलाउँदै आएको जनचासो कार्यक्रम निकै चर्चामा छन् ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा ४१ जना मतदाता रहेको छ । निर्वाचन समितका अनुसार महोत्तरीमा शतप्रतिशत मतदान भएको थियो । महोत्तरीमा कमलेश मण्डल नेतृत्वकाे प्यानल विजयी भएको छ ।