‘जनताको जीवनस्तर माथी उठाउने बिषयमा अगाडि बढ्ने संकल्प गरौं’

द पब्लिक टुडे
बर्दिवास, बैशाख २ गते ।
निवर्तमान शिक्षा, विज्ञान तथ प्रविधिकन्त्री गिरिराजमणी पोखरेलले जनताको जीवनस्तर माथी उठाउने बिषयमा सम्झौता नगर्ने गरि अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताएका छन् ।

बुधवार नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री पोखरेलले राजनीति लगायत जीवनका विभिन्न क्षेत्रमा ब्याप्त नकारात्मक चिन्तनलाई परास्त गर्दै सकारात्मक सोच र ब्यवहारलाई बिकास गरेर मुलुकको राष्ट्रिय अस्मिता र जनताको जीवन स्तर माथी उठाउने बिषयमा सम्झौता नगर्ने गरि अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताएका हुन् ।

शुभकामना सन्देश मन्त्री पोखरेलले लेखेका छन् ‘केही समय यता नेपाली समाज अत्यन्तै नकारात्मकता, अस्थिरता र अराजकता तर्फ गईरहेको महशुस धेरैलाई भएको छ । युगान्तकारी परिवर्तन पछि प्रत्याभूत हुनुपर्ने सामजिक न्याय,बिकास र समृद्धिको दिशामा मुलुक जान सकेको छैन। राजनीति लगायत जीवनका विभिन्न क्षेत्रमा ब्याप्त नकारात्मक चिन्तनलाई परास्त गर्दै सकारात्मक सोच र ब्यवहारलाई बिकास गरेर मुलुकको राष्ट्रिय अस्मिता र जनताको जीवन स्तर माथी उठाउने बिषयमा सम्झौता नगर्ने गरि अगाडि बढ्ने संकल्प गरौं । नयाँ बर्ष २०७८ को अवसरमा नेपाल भित्र र बाहिर रहनुभएका सम्पुर्ण नेपाली दिदीबहिनी दाजुभाइमा शान्ती, सुस्वास्थ, उन्नति तथा प्रगतिको हार्दिक शुभकामना !’

केही समय यता नेपाली समाज अत्यन्तै नकारात्मकता , अस्थिरता र अराजकता तर्फ गईरहेको महशुस धेरैलाई भएको छ। युगान्तकारी…

Posted by Giriraj Mani Pokharel on Wednesday, April 14, 2021