अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै सुस्मिता

दिल्ली, वैशाख ११ गते । बलिवुड अभिनेत्री सुस्मिता सेनले दिल्लीका विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएकी छन् ।

देशभर अक्सिजनको अभाव भइरहेका बेला अभिनेत्री सेनले दिल्लीका विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर दिन लागेकी हुन् ।

तर, आफूले अक्सिजन सिलिन्डकोर व्यवस्था गरेपनि दिल्ली पु¥याउन नसकिएको बताएकी छन् । “अहिले जताततै अक्सिजनको अभाव छ । यो निकै दुखद हो । मैले केही अक्सिजनका सिलिन्डरको व्यवस्था गरेको छु । तर मुम्बईबाट दिल्लीसम्म पुर्‍याउने उपाय भेटिएन…कृपया मलाई सहयोग गर्नुहोला,” उनले ट्विटरमा लेखेकी छन् ।

उनलाई ट्विटमा केहीले कुरियर गर्न सुझाव दिएका छन् भने केही मुम्बईका अस्पताललाई सहयोग नगरी किन दिल्लीलाई भन्दै प्रश्न उठाएका छन् ।

भारतमा कोभिडको दोस्रो लहर तीव्र्र गतिमा फैलिएसँगै अक्सिजन अभाव भइरहेको छ । द इन्डियन एक्सप्रेसबाट