बिहे भोजमा सहभागी १५ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, वैशाख १५ गते । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो । त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले बताए ।

दुईजना जनप्रतिनिधिसमेतलाई संक्रमण भएपछि दुई दिनलाई वडा नं. १० को सेवा प्रवाह पनि बन्द गरिएको छ ।

नगरमा थप चारजनालाई पनि संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा बुधबार ५० जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु काभ्रे, पनौती र धुलिखेलका छन् ।