दुई दशकपछि एकसाथ भंसाली र शाहरुख

मुम्बई, वैशाख २६ गते । सुपरस्टार शाहरुख खान र निर्देशक सञ्जय लीला भंसाली करिव दुई दशकपछि एकसाथ काम गर्ने भएका छन् । समाचारका अनुसार भंसालीले शाहरुखलाई आफ्नो नयाँ प्रोजेट ‘इजहार’ को लागि प्रपोज गरेका छन् ।

भंसाली शाहरुखका साथ यो फिल्म ४ बर्ष पहिले गर्न चाहन्थे । तर त्यो समय कुरा मिलेको थिएन ।

फिल्मको कथा सत्य घटनामा आधारित रहेको छ । कथा एक इन्डियन केटा आफ्नो प्रेमको खोजीमा साइकलबाट नर्वे पुग्छन् ।

अहिलेसम्म फिल्मको घोषणा भने भएको छैन । भंसाली र शाहरुखले यस अगाडि फिल्म ‘देवदास’ मा काम गरेका थिए । उक्त फिल्म २००२ मा रिलिज भएको थियो ।