युवाहरूद्वारा लकडाउनबाट प्रभावित ५५ परिवारलाई राहत वितरण

  • विजय कुमार सिंह

ढल्केवर, जेठ १५ गते । धनुषाको मिथिला नगरपालिकामा लकडाउनबाट प्रभावित विपन्न, मजदुर तथा असाह्य परिवारलाई राहत वितरण गरिएकाे छ ।

स्थानिय जमुनिवास युवा क्लव, नव सृजना युवा क्लबको सहयोग र सागिला डिष्टिलरी प्रा.लिको सहकार्यमा मिथिला नगरपालिका-८ जमुनिवासका विपन्न, मजदुर तथा असाह्य परिवारलाई राहत वितरण गरिएकाे हो ।

दोश्रो भेरियन्टसहित फैलिएको कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी गरिएको लकडाउनबाट प्रभावित गरिब, अतिविपन्न, मजदुर र असहाय परिवारलाई मध्यनजर गर्दै राहत वितरण गरिएको स्थानीय समाजसेवी राजुु बुढाथोकीले बताए ।

जमुनिवासका ५५ अतिविपन्न, मजदुर तथा असाह्य परिवारलाई राहत वितरण गरिएको उनले जनाए । प्रतिपरिवार १५ केजी चामल, दाल १ केजी, नुन १ केजी, ५०० मिली तेललगायतको राहत सामाग्री वितरण गरिएको बुढाथोकीले जानकारी दिए ।