महोत्तरीको वन क्षेत्रमा हात्तीको झुण्ड, सचेत रहन आग्रह

द पब्लिक टुडे
बर्दिवास, जेठ २३ गते ।
महोत्तरीको वन क्षेत्रमा तीन वटा जंगली हात्तिको झुण्ड पसेकोले वन क्षेत्र वरिपरिका स्थानीयलाई सचेत हुन डिभिजन वन कार्यालय महोत्तरीले अनुरोध गरेको छ ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमख विनोद सिंहका अनुसार शनिवार राती जिल्लाको गौशाला नगरपालिका वडा नं. ११ लक्ष्मीनियाँ स्थित सागनाथ वन विकास परियोजनाको युनिटको अवास घर भत्काएका छन् भन् स्टिल टालवमा क्षति पु¥याएका छन् ।

वन क्षेत्रमा स्थानीयवासीलाई प्रवेश नगर्न डिभिजन वन प्रमुख सिंहले अनुरोध गरेका छन् । हात्ति आर्कषक हुने रक्सी, सक्खर चिज वस्तु घरमा नराख्न डिभिजन वन प्रमुख सिंहले अनुरोध गरेका छन् । साथै उनले हात्ति आएमा राँको बालेर टिन ठट्याएर धपाउन सर्वसधारणमा अनुरोध गरेका छन् ।