धनुषा : कोरोनाबाट ज्यान गुमाएकाको परिवारलाई ५० हजार

द पब्लिक टुडे
गौशाला, जेठ २८ गते ।
धनुषामा एक स्थानीय तहले कोरोनाबाट प्रभावित नागरिकका लागि राहत प्याकेजको घोषणा गरेको छ ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाले कार्यपालिका सदस्यको बैठकले कोरोनाबाट प्रभावित बनेका नागरिकका लागि राहत प्याकेजको घोषणा गरेको हो ।

गत वैशाखयता कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई ५० हजार, कोरोना संक्रमण भई अस्पातलमा भर्ना भई उपचार गरेकालाई १५ हजार र होम आइसोलेसनमा बसेकालाई ५ हजार दिने निर्णय गरेको नगर प्रमुख योगेन्द्र पञ्जियारले जानकारी दिए ।

संक्रमण पुष्टि भएको कागजातसहित पीडित परिवारले पालिकामा सम्पर्क गर्दा एक हप्ता भित्रै राहत पाउने बताइएको छ ।