डायनासोरबारे यी जानकारीले तपाईंलाई चकित पार्नेछ

जेठ २९ गते । सन् २००७ मा अष्ट्रेलियामा भेटिएको डायनासोरको एक प्रजातिको अवशेषको अध्ययन गरेपछि अनुसन्धानकर्ताले यसलाई महाद्वीको हालसम्मको सबैभन्दा डायनासोर बताएको छ ।

अनुसन्धानकर्ताका अनुसार संसारमा हालसम्म १५ सबैभन्दा ठूला डायनासोरबारे जानकारी उपलब्ध छ । तीमध्ये द अष्ट्रेलोटिटन कोपरेन्सिस वा द सदर्न टाइटन (टाइटोनोसर) एक हो ।

विशेषज्ञका अनुसार यी टाइटोनोसर ६.५ मिटर अग्लो र ३० मिटरसम्म लामो थिए होलान् । यसको अर्थ यो हो कि यसको आकार लगभग एक बास्केटबल कोर्ट जति थियो होला ।

टाइटोनोसरको कंकाल सबैभन्दा पहिला दक्षिण पश्चिम क्विन्सल्याण्डको अरोमंगाको एउटा खेतमा भेटिएको थियो ।

वैज्ञानिक पछिल्लो एक दशकभन्दा बढी समयदेखि यसको अध्ययन गरिरहेका छन् । यसको हड्डीको स्क्यानको तुलना अन्य सरोपोड्सबाट गरेपछि वैज्ञानिकले अहिलेसम्म जति पनि सरोपोड्सबारे जानकारी छ, यो त्योभन्दा भिन्न भएको निश्चित गरे ।

सरोपोड्स विशाल आकारका डायनासोर थिए जो रुख, बोट बिरुवामा निर्भर थिए । उनीहरुको टाउकोको आकार सानो हुने गर्दथ्यो र उनीहरुको गर्धन लामो हुन्थ्यो । उनीहरुको पुच्छर मोटो र लामो हुन्थ्यो जबकी उनीहरुको खुट्टा खम्बाजस्तै हुन्थे ।

वैज्ञानिककका अनुसार यो डायनासोर लगभग ९.२ देखि ९.६ करोड वर्षअघि क्रेटेशियस कालका बेला महाद्वीपमा थिए होलान् ।

टाइटोनोसरको यो अवशेष क्विन्सल्याण्डमा कूपर क्रिक नजिकै भेटिएको थियो, अनुसन्धानकर्ताको समूहले यसको नाम कूपर राखेका थिए ।

वैज्ञानिकका अनुसार कंकालको आकार र आसपासको परिस्थितिका कारण यसमाथि शोध गर्न उनीहरुका लागि निकै मुश्किल रह्यो ।

यद्यपि, क्विन्सल्याण्ड संग्रहालय र अरोमंगा प्राकृतिक इतिहास संग्रहालयका अनुसार अवशेषका केही टुक्रा राम्रै स्थितिमा थिए ।

शोधकर्ताले यो डायनासोर तीन अन्य सरोपोड्स प्रजाति–विन्टोनोटान, डायमेन्टिनसरस र स्वानासरसको नजिक रहेको मान्यता राखेका छन् ।

शोध दलका प्रमुख डा. स्कटर हकनलका अनुसार यस्तो लाग्छ कि अष्ट्रेलियाको यो सबैभन्दा ठूलो डायनासोर एक विशाल परिवारको हिस्सा रहेको होला ।

यसको अवशेष पहिलो पटक अरोमंगा नजिकैको एउटा खेतमा भेटिएको थियो र यसको स्वामित्व डाइनासोरका दुई शोधकर्ता – रबिन र स्टुअर्ट म्याकेन्जीसँग थियो ।

क्विन्सल्याण्ड राज्य सरकारले यो नयाँ खोजको स्वागत गरेको छ । क्विन्सल्याण्ड संग्रहालय नेटवर्कका मुख्य कार्यकारी डा. जिम थम्पसनले भने, ‘अष्ट्रेलिया डायनासोरको खोजका लागि संसारका केही अन्तिम स्थानमा बचेको छ र यसपछि अब क्विन्सल्याड अष्ट्रेलियाको आर्कियोलोजिकल क्यापिटल बन्नका लागि तयार छ ।’

यद्यपि, उनले यो विषयमा अहिले पनि धेरै नै अनुसन्धान हुन बाँकी भएको स्वीकार गरे । बीबीसी