‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

एजेन्सी, जेठ ३१ गते । विश्वकाे सबैभन्दा ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ । भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने ७६ वर्षीय चानाको निधन भएको बीबीसीले जनाएको छ ।

मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३६ जना नातिनातिनी छन् । उनीहरू सबै जना एक सय कोठा भएको चार तले घरमा बस्दै आएका छन् । यही परिवारका कारण बख्तवांग गाउँ पर्यटकको आकर्षणको केन्द्र बनेको बीबीसीले जनाएको छ ।

जियोना सिकर्मी हुनुहुन्थ्याे भने उहाँकी जेठी पत्नीले घरका सबै सदस्यको कामको बाँडफाँड र अनुमगन गर्नुहुन्छ । अरू पत्नी र छोरा–बुहारी खेतीपाती गर्छन् । केही छोराहरू पैसा कमाउनका लागि अरू काम पनि गर्छन् ।

चानाको परिवारमा दैनिक झन्डै ४५ किलो चामल, ४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा, ६० किलो तरकारी र २० किलो फलफूल खपत हुन्छ ।