सेनाको हवाई कारबाही चौध तालिवान लडाकू मारिए

File Photo

तालुकान, कार्तिक ५ गते – अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ ।

[custom-facebook-feed]

सोमबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा अन्य तीन तालिबान लडाकू घाइते भएका पनि सो विज्ञप्तिमा उल्लेख छ । प्रायः अशान्त भइरहने दर्काद जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्त गत केही वर्षयता तालिवानको नेतृत्वमा बढ्दो विद्रोह भइरहेको पाइन्छ । –सिन्ह्वा