• The Public Today
  • शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना


    काठमाडौं, शुक्रवार ८ गते ।

    शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्। मन्त्री पोखरेल फुड प्वाइजन भएपछि बिहीबार साँझ पाटन अस्पताल भर्ना भएका हुन्।

    मन्त्री पोखरेललाई डा पारस आचार्यको टोलीले उपचार गरिरहेको र उनको अवस्था सुधारोन्मुख रहेको शिक्षामन्त्रीका सचिवालयका विनोद न्यौपानेले जानकारी दिए।

    स्वास्थ्यमा समस्या देखिएपछि उनी जाँचका लागि भरोसा अस्पताल पुगेका थिए। त्यहाँ चिकित्सकले भर्ना हुन सल्लाह दिएपछि पोखरेल पाटन अस्पताल गएका थिए।


    क्याटेगोरी : राजनीति


    प्रतिक्रिया दिनुहोस