प्रहरीको गाडीले ठक्कर दिदा एक घाईते

Facebook
Twitter
WhatsApp
Print

द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, चैत्र ८ गते ।
धनुषाको जनकपुरमा प्रहरीको गाडीले ठक्कर दिदा एक युवक गम्भिर घाईते भएका छन् ।
होली मनाउने क्रममा जनकपुरधाम उपमहानगरपालिका(४ स्थित राम चोकमा होली मनाइरहेका सन्दीप यादवलाई प्रहरीको भ्यानले ठक्कर दिदा गम्भीर घाइते भएका हुन् ।
२० वर्षीय यादवको जनकपुरमा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
प्रहरीकै भ्यानले ठक्कर दिएपछि स्थानीयहरुले उक्त गाडीमा तोड्फोड समेत गरेका छन् ।
बुधबार पहाडी जिल्ला, बिहीबार मधेशका जिल्लामा होली पर्व मनाए पनि जनकपुरमा भने शुक्रबार होली मनाएका छन् ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार