• The Public Today
  • आगलागी हुदाँ ७४ कठ्ठामा लगाएको उखु जलेर नष्ट


    द पब्लिक टुडे समाचारदाता-
    सर्लाही, चैत्र ८ गते ।
    सर्लाहीको धनकौलमा उखुवारीमा आगलागी हुदाँ ७४ कठ्ठामा लगाएको उखु जलेको छ । शुक्रबार दिउँसो धनकौल गाउँपालिका-६ सिसौट सोनार टोलमा रहेको उखुबारीमा आगलागी हुँदा ७४ कट्ठामा लगाएको उखु जलेर नष्ट भएको जिल्ला प्हरी कर्यालय सर्लाहीले जनाएको छ।

    स्थानीय मोहन साहले आफ्नो खेतमा लगाएको उखुको पात जलाउने क्रममा नजिकै रहेको उखु खेतमा आगो सल्किदा १३ जना उखु किसानले लगाएको उखु जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

    आगलगीबाट धनकौल गाउँपालिका-६ का दिपललाल साहको ४ कठ्ठा, बैजनाथ साहको ८ कठ्ठा, प्यारेलाल साहको ८ कठ्ठा, रमेश साहको १० कठ्ठा, शंकर साहको ६ कठ्ठा, नागेश्वर साहको ५ कठ्ठा, रामेश्वर साहको ४ कठ्ठा, सुकदेव साहको ४ कठ्ठा, सुरेन्द्र साहको ७ कठ्ठा, आनन्दी साहको ४ कठ्ठा, जंगीलाल साहको ३ कठ्ठा, मोतिलाल साहको ४ कठ्ठा, जुगल साहको ७ कठ्ठा र बिरेन्द्र साहको २ कठ्ठामा लगाएको उखु जलेर नष्ट भएको प्रहरीले जनाएको छ।आगो स्थानीय र प्रहरीको सहयोगमा ढेड घण्टापछि नियन्त्रणमा लिएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज


    प्रतिक्रिया दिनुहोस