आगलगी हुदाँ घर जलेर नष्ट

द पब्लिक टुडे समाचारदाता-
गौशाला, चैत्र ९ गते ।
महोत्तरीमा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । महोत्तरीको औरही नगरपालिका वडा नम्वर- १ मा आगलागी हुदाँ स्थानीय लालबाबु अंसारीको घर जलेर नष्ट भएको हो ।

शनिबार दिउँसाे अंसारीको घरमा लागेको आगो स्थानीय र प्रहरीकाे सहयोगमा करिब १ घण्टापछि नियन्त्रणमा आएकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक किशोर आचार्यले जानकारी दिनुभयो । घरमा आगलागी हुदाँ अंसारीको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीले घरभित्र रहेको करिब ५० हजार बराबरको समान जलेर नष्ट भएको पीडित
अंसारीले बताउनुभयो ।

आगलागी बारे कारण खुल्न नसकेको र घटना बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक आचार्यले बताउनुभयो । यता, घरमा लागेको आगो निभाउन गौशाला नगरपालिकाको वारूण यन्त्र आधा घण्टा ढिलो घटनास्थल पुगेका थिए । घटनास्थलमा ढिलो पुगेको वारूण यन्त्रमा पनि थोरै पानी भएको कारणले आगोलाई समयमै नियन्त्रणमा लिन नसकेको स्थानियहरुको भनाई छ ।

Scroll to Top