• The Public Today
  • अश्लील फोटो पोस्ट गरिएको प्रहरीको फेसबुक सीआईबीको सहयोगमा निस्क्रिय


    शिव उप्रेती
    गोरखा, चैत १२ :
    प्रहरीको अपराध अनुसन्धान विभाग(सीआईबी)ले अश्लील तस्बिर पोस्ट गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेज निस्क्रिय बनाएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक पेजमा एकाएक अश्लील तस्बिरहरु पोस्ट भएका थिए ।
    सीआईबीको सहयोगमा सो फेसबुक पेज निस्क्रिय बनाइएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।‘धेरै मिहिनेतपछि बल्ल अहिले हटाउन सफल भयौं’, एसपी रावलले भने, ‘अब पेज नखुल्ने भएको छ । तर कसले त्यसो गर्‍यो भनेरचाहिँ खोज्ने क्रम जारी छ ।’

    सोमबार साँझदेखि देखा पर्न थालेका अश्लील तस्बिरहरु मंगलबार बिहानसम्म ९ बजेसम्म यथावत थिए । सो पेज सन् २०१६ देखि सक्रिय थिएन । यसअघि जिप्रका गोरखामा कार्यरतमध्य कसैले खोलेको सो पेजको पासवर्डसमेत कसैसँग थिएन् । कसले खोलेको भन्ने पत्तो पनि लागेन ।

    फेसबुक पेजमा एक्कासी अश्लील तस्बिर पोस्ट भएपछि प्रहरीलाई तनाब भएको थियो । ‘पेजमा यस्तो देखिएपछि धेरै तनाब भयो । रातभरि सुत्न पनि पाइएन’, एसपी रावलले भने, विभिन्न ठाउँबाट फोन आए।’ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज


    प्रतिक्रिया दिनुहोस