हेमन्त शर्मा र दिनेश काफ्लेले दर्शकलाई नचाए

पब्लिक टुडे समाचारदाता
बर्दिवास, चैत्र १२ गते ः

औधोगिक, कृषि, पर्यटन, कला संस्कृती तथा व्यापार प्रवद्धनको लागी चैत ८ गतेदेखी बर्दिवासमा जारी दोश्रो बर्दिवास महोत्सवमा मंगलवार चर्चित कलाकार हेमन्त शर्मा र दिनेश काफ्लेले दर्शकलाई मनोरंजन दिएका छन् ।

बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासको आयोजनामा संचालन भईरहेको महोत्सवमा दर्शकलाई गायक शर्माले छमछमी नचाए भने हाँस्य कलाकार दिनेश काफ्लेको प्रस्तुतिमा दर्शक हाँसेका थिए ।
गायक शर्मा गाउदै दर्शक माझ पुगेपछि सुरक्षाकर्मि समेत उनको सामु पुगेको थियो । साथमा गायिका सरु गौतम, कलाकार मुना थापा मगर, गायक रमेश मेलोडि, कलाकार धावा लामा, नेपाली क्रियुजका कलाकारहरु र स्थानिय कलाकार हरुको विविध प्रस्तुतिले महोत्सवमा रौनक थियो ।
२ सय भन्दा बढि व्यापारीक स्टलहरु रहेको महोत्सव संचालन भएको पाँचौ दिनसम्म करिव ३५ हजारले महोत्सव अवलोकन गरीसकेका महोत्सव आयोजक समितिका सदस्य सुदिप कार्किले जानकारी दिए ।
यसवर्ष महोत्सवमा स्थानिय धार्मिक प्रदर्शनि, कृषि प्रदशनी, स्थानिय उत्पादनका सामाग्रि, र खेल सामाग्रि पनि बढि रहेको सदस्य कार्किले बताए ।
महोत्सवलाई एक लाख मानिसले अवलोकन गर्ने आयोजक समितिले लक्ष्य लिएको छ । चैत ८ गतेबाट शुरु भएको महोत्सव चैत १८ गतेसम्म संचालन हुनेछ ।

चैत १३ गते बुधवार चर्चिक गायिका ज्योति मगर, गायक डिजराज पौडेल, संन्दिप राना ंिसंह लगायतका राष्«िटय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ