एसइई : विज्ञान विषयको परीक्षा रद्द गरेको विरोधमा प्रदर्शन

Facebook
Twitter
WhatsApp
Print

वीरगन्ज, चैत्र १४ गते । एसइई परिक्षा अन्तर्गत प्रदेश २ मा बिहिवार भएको विज्ञान विषयको परिक्षा रद्द गरेको विरोधमा वीरगन्जमा प्रदर्शन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरेको छ।

बिहिबार बेलुका वीरगन्जको घण्टाघर चोकमा विद्यार्थीले प्रदर्शन गर्दै निर्णय फिर्ता लिन माग गरेका हुन । उनीहरूले घण्टाघर चोकमा २ घण्टा चक्का जाम समेत गरे । विद्यार्थीले सडक अवरुद्ध गरेपछि प्रहरीले खुलाउने प्रयास गर्दा प्रहरी र विद्यार्थीबीच केहिबेर सामान्य झडप समेत भएको थियो ।

बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । रद्द भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए ।

यो पनि

एसईई : प्रदेश २ को बिहीबारको परीक्षा रद्ध
एसईई : प्रदेश २ मा परीक्षा अगावै बाहिरियो प्रश्नपत्र, छानबिन गर्न समिति गठन

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार