शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ : डा कोइराला

काठमाडौं, चैत १६– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् राज्यको गैर जिम्मेवारीका कारण प्रदेस २ को एसइई बीचैमा स्थगित हुन पुगेको बताए।

‘विध्यार्थीहरूको भविष्य अन्धकारतर्फ धकेलिएको छ,’ उनले लेखेका छन्, ‘यो गम्भीर घट्नाको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घट्ना नदोहोरिने प्रतिबद्धता राज्यले जनाउनु पर्दछ।’

प्रदेश २ मा एसइईको प्रश्नपत्र आउट भएपछि शुक्रबार सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

Scroll to Top