महोत्तरीको जमुनियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

द पब्लिक टुडे समाचारदाता-
गौशाला, चैत्र १६ गते ।
महोत्तरीको जमुनियामा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शनिबार जिल्लाको गौशाला नगरपालिका ७ जमुनियास्थित राष्ट्रिय प्रजात माध्यमिक विधालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

गौशाला नगरपालिका–७ को वडा कार्यालयको सहयोग र बेटर नेपाल हस्पिटलको आयोजनामा भएको शिविरमा जेनरल फिजिसियन विशेषज्ञ डा. हिरण सिंह र जेनरल फिजिसियन डा. सिर्जना खाटीले सेवा दिनु भएको थियो । शिविरमा १६२ जना बिरामीले चेकजाँच गराएको जनाएको छ ।

एक दिने निःशुल्क शिविरमा सहभागी बिरामीहरुलाई ओ.पि.डि.र ल्याब सेवाहरु दिनुको साथै औषधी समेत निःशुल्क वितरण गरेको बेटर नेपाल हस्पिटलका सञ्चालक दिलिप सिंहले जानकारी दिनुभयो ।

शिविरमा सहभागी १६२ जना बिरामीहरु मध्ये महिलाहरुमा पाठेघर र थाईराइडको समस्या, जेष्ठ नागरिक हरुलाई हाडजोर्नी र मधुमेह रोगको समस्या र केही बिरामीहरुलाई छाला सम्बन्धी रोगहरु समेत देखा परेको डा. सिर्जना खाटीले जानकारी दिनुभयो ।