रामबाबु यादव
गौशाला, चैत्र १८ गते ।
महोत्तरीको गौशाला नगरपालिका ११ लक्ष्मीनियाँमा मोटरसाईकल दुर्घटनामा परिद ३ जना घाईते भएका छन् ।
आईतबार साँझ ७ बजे भरतपुरबाट बर्दिबास तर्फ जादैं गरेको ज ८ प २७८३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँर्दै गरेको ज ६ प ११६४ नम्बरको मोटरसाईकल एकआपसमा ठोकिदा मोटरसाईकलमा सवार तिनजना घाईते भएका छन् ।
घाईते तीन जना मध्ये ज ८ प २७८३ नम्बरको मोटरसाईकल चालक हरिवन नगरपालिका ३ बस्ने अन्दाजी बर्ष ४९ को श्याम अधिकारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाईते अधिकारीको दाहिने खुट्टा भाचिएको छ यस्तै बर्दिबास नगरपालिका वडा नम्बर १४ बस्ने बर्ष १७ को लक्ष्मण महतोको खुट्टा भाची घाईते भएका छन् सोही मोटरसाईकल चालक हरिवन नगरपालिका ३ नवलपुर बस्ने बर्ष अन्दाजी ३२ का अबधलाल महतोलाई चोटपटक लागेको छ ।
धाईते ३ जनालाई उपचारको लागी बर्दिबास स्थित शुभस्वास्थिक अस्पतालमा पठाईएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिनुभएका छन् ।
