काठमाडौं, चैत १८– प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट बारा र पर्सा जाने भएका छन्।
प्रधानमन्त्री ओलीले झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकोप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।