जनकपुर, चैत १८ – आइतबार राति हावाहुण्डरीबाट क्षतिको राहत वितरण तथा उद्धारका लागि प्रदेश २ सरकारले ५ सदस्यीय कमिटी गठन गरेको छ।
![](https://new.thepublictoday.com/wp-content/uploads/2019/04/5ca1650a781f4.jpg)
भर्खरै सकिएको मन्त्रिपरिषद्को निर्णयको जानकारी दिँदै प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले उाद्धार र राहतका लागि उच्चस्तरीय कमिटी गठन गरेको बताए। आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा ५ सदस्य टोली छन् ।
टोलीमा सामाजिक विकास मन्त्री नवलकिशोर शाह, पर्यटन ता वन मन्त्री रामनरेश राय, मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अरुण झा छन् ।
उक्त कमिटी घटनास्थल अवलोकनका लागि निस्किसकेको छ। टोलीले क्षतिको विवरण संकलन गर्ने र राहत तथा पुनस्थापनाका लागि काम गर्नेछ।