राहत तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय समितिले काम थाल्यो

फाइल फोटो

जनकपुरधाम, चैत्र १९ गते । बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश नम्बर २ का सरकारले गठन गरेको राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समितिले काम थालेको छ ।

समितिको आज बसेको बैठकले ४ महिना भित्रमा प्रभावितको घर निर्माण सम्पन्न गर्नका लागि तत्कालै काम थाल्ने निर्णय गरेको छ । राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समितिको अध्यक्ष समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको अध्यक्षतामा बैठकले विपद् पीडितहरुको लागि तत्कालै त्रिपाल, टेन्ट लागायतका अस्थायी सेल्टहरको व्यवस्था गर्ने निर्णय गरेको छ । 

त्यस्तै राहत वितरण कार्य अव्यवस्थित भएको भन्दै यसलाई प्रभावकारी बनाउन र विपद् पीडितको जिविकोपार्जनको लागि सहज बनाउन नियमित अनुगमन गरिने र यी सबै कार्यका लागि प्रदेश सरकारले हेल्प डेस्क राखेर काम थाल्ने भएको छ  ।