विनाशकारी हावाहुरी : पिडितका लागि टहरा निर्माण गर्दै नेपाली सेना

 

बारा, चैत्र २० गते । बारा र पर्सामा आईतबार साँझ आएको हावाहुरीले बढी प्रभावित क्षेत्र फेंटा गांउपालिकामा टहरा निर्माण कार्य सुरू भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले पठाएको टहरा नेपाली सेना र सशस्त्र प्रहरीले बनाउन शुरू गरेको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले पठाएको तीन सय थान टहरा मध्ये एक सय थानको निर्माण कार्यको थालनी गरिएको सिमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताउनुभयो ।

थापाका अनुसार बास बस्नको लागि पिडितहरूलाई समस्या भएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरि टहरा निर्माण गर्न लागिएको जानकारी दिनुभयो । सशस्त्र प्रहरी प्रधान कार्यालयले पठाएको टहरा निर्माण कार्य क्रमशः गर्दै जाने सशस्त्र प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

Scroll to Top