चेन्नइको अपराजित यात्रा रोकियो

MS Dhoni captain of CSK and Harbhajan Singh of CSK during match 5 of the Vivo Indian Premier League Season 12, 2019 between the Delhi Capitals and the Chennai Superkings held at the Feroz Shah Kotla Ground, Delhi on the 26th March 2019 Photo by: Rahul Gulati /SPORTZPICS for BCCI

गौशाला, चैत २१ : इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नेई सुपर किंग्सको अपराजित यात्रा रोकिएको छ। लगातार तीनवटा खेल जितेको चेन्नेई चौथो खेलमा मुम्बई इन्डियन्ससँग पराजित भएको हो। गएराति मुम्बई स्थित वान्खेडे स्टेडियममा भएको खेलमा घरेलु टिमले चेन्नेईलाई ३७ रनले हरायो।

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनाएको थियो। मुम्बईका लागि सुर्यकुमार यादवले ५९ रन बनाए। यस्तै क्रुनाल पाण्ड्याले ४२ र हार्दिक पाण्ड्याले २५ रन जोडे। १७१ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको चेन्नेईका लागि आशा गरिएका व्याट्समेन लामो समय टिक्न नसक्दा निराशाजनक नतिजा आत्मसाथ गर्न बाध्य बन्यो। उसका लागि केदार जादवले सर्वाधिक ५८ रनको योगदान दिए।

चेन्नेईका सुरेश रैना, सन वाट्सन्को प्रदर्शन फितलो बन्यो र २ विकेट बाँकी रहँदै पुरै ओभर गुमाएर १३३ रनमा समेटियो। मुम्बईका लागि लसिथ मालिंगाले तीन विकेट लिए। हार्दिक पाण्ड्या र ज्यासन बेह्रेन्डर्फले २–२ विकेट लिए। चार खेलमा दोस्रो जित हात पारेको मुम्बईले ४ अंक बनाएको छ। यसअघि तीन खेल जितेको चेन्नई ६ अंकसहित आईपीएल तालिकाको दोस्रो स्थानमा छ।

Scroll to Top