सुरु भयो ‘दबंग ३’ को सुटिङ, रज्जो फर्किई : साेनाक्षी

Facebook
Twitter
WhatsApp
Print

द पब्लिक टुडे समाचारदाता
गौशाला, चैत २२ – बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘दबंग ३’ को सुटिङ सुरु भएको छ। हाल मध्यप्रदेशको महेश्वरमा फिल्मको सुटिङ चलिरहेको छ।

यो फिल्ममा सोनाक्षी फेरि एक पटक रज्जो अवतारमा देखिने भएकी छिन्। उनले आफ्नो रज्जो अवतारका तस्बिरहरु पनि सार्वजनिक गरिसकेकी छिन्।

सोनाक्षीले इन्टाग्राममा आफ्ना तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘रज्जो फर्किएकी छे। दबंगदेखि दबंग ३ सम्म, यो घर फर्किएको जस्तै हो, मलाई शुभकामना दिनुहोस्।’

आफू सलमान खानसँग अभिनय गर्न निकै उत्साहित भएको पनि सोनाक्षीले बताएकी छिन्। सोनाक्षीले दबंगबाटै बलिउडमा डेब्यु गरेकी थिइन्।

दबंग ३ मा सलमान र सोनाक्षीका साथै अरबाज खान, सुदीप भीले पनि अभिनय गरेका छन्। कथाको मागअनुसार यो फिल्ममा सोनाक्षीलाई कम स्पेस दिइएको बताइएको छ। एजेन्सी

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार