एकताको संदेश बोकेर साईकल यात्रामा निस्केका रंजितलाई प्रदेश प्रमुखले गरे विदाई

जनकपुरधाम, चैत्र २२ गते । एकताको संदेश बोकेर जनकपुरका एक युवा साईकल यात्रामा निस्केका छन । राष्ट्रिय एकता र सामाजिक सद्भावको संदेश लिएर जनकपुर उपमहानगरपालिका वडा नम्वर- ४ बस्ने रंजीत कुमार साह शुक्रवार जनकपुरधामबाट ताप्लेजुंगको पाथीभरा भगवतीको दर्शनका निमित्त ५८४ किलोमीटरको साईकल यात्रामा निस्केका हुन ।

देशका सुख, शान्ति र समृद्धि एवं हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली एक हौ भन्ने सन्देश दिन यात्राको सुरु गरेको रञ्जितले बताए । उनले केही महिना अगाडी साइकलबाटै भारत उत्तर प्रदेश अयोध्याको यात्रा साइकलबाटै गरेका थिए । जनकपुरधामको जानकी मन्दिरमा आयोजित एक कार्यक्रमको बीच रंजीतलाइ प्रदेश २ का प्रदेश प्रमुख रत्नेस्वर लाल कायस्थले मिथिलाको पाग , मधेशको गमछा र माला लगाई विदाई गरेका छन् ।

रंजीतको यो साईकल यात्रा सामान्य यात्रा नभई देश र सामाजको एकताको संदेश दिने यात्राको रुपमा रहेको कायस्थले बताए । जानकी मन्दिरको प्रांगणमा साइकल यात्री रंजीत लाइ बिदा गर्दै सचारकर्मी संग संक्षिप्त कुरामा प्रदेश प्रमुख कायस्थले भने- ‘नेपाली समाजको उथानको लागि र समस्त नेपालीलाई एकताको सूत्रमा वाध्नलाइ समेत यस्ता खाले यात्रा सहायक सिद्ध हुने र राष्ट्रीयता समेतलाइ बल दिने छ ।’

तराई, पहाड, हिमाल हाम्रो मातृभुमी नेपाल मूल नाराका साथ यस पटकको साईकल यात्रामा ताप्लेजुंगको पाथीभारा भगवती दर्शन गर्न जान लागेका रंजीत साहले तीन करोड़ नेपालीको मुटुमा
राष्ट्रिय एकताको संदेश र देश प्रतिको माया प्रगाढ बनाउन २२ दिनको यो साईकल यात्रामा जान लागेको बताएका छन् ।

जनकपुरधामको बसपार्कमा पान पसल चलाउँदै आएका रञ्जित किशोरावस्थादेखि नै साइकलिङको सौख राख्दै आएको बताउँछन् ।

Scroll to Top