किरण कर्ण-
जनकपुरधाम, चैत्र २२ गते । नेकपाका नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरिब जनताका लागि राज्यले परिचयपत्रको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।
शुक्रवार जनकपुरमा नेपाल कथवनिया सेवा समाजको दोश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालले पेसागत क्षमता रहेपनी गरिबिकै कारण ठाउँना पुग्न कठिनाई रहेकाले गरिब जनतालाई सरकारले परिचयपत्र बितरण गरि बिशेष सेवा सुविधा दिएमा समाज र राष्ट्रले बिकास तथा समृद्धी तर्फ अग्रसर हुने भन्दै प्रष्ट पारे ।
उनले समाजमा विद्यमान रहेका छुवाछूत, भेदभाव, हेप्ने प्रवृत्ती, जातगत निषेधित गर्ने प्रथा एवम् दहेज प्रथा लगायतका बिकृत्तिहरुलाई निर्मुल पार्नका लागि लोभी पापी, गलत मानसिकता र संकिर्णता बिरुद्ध एकजुट भैई लड्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले समाजमा बिबिध जात, जातिहरु मिलेर एउटा फुलवारी बनेकाले गरिबमाथी हुने अत्याचार, छुवाछुत र बिकृत्ती, बिसङ्गती बिरुद्ध लड्नु आवश्यकता रहेको उल्लेख गरे । उनले संविधानमा हरेक जातिय, क्षेत्रीय, लिङ्गीय, दलित, जनजाती, महिला, मुस्लिम समुदाय लगायतको अधिकार सुनिश्चितता गरेकाले समाजको बिकास र समृद्धि तर्फ लाग्न यस कथबनिया समाजका अगुवालाई आग्रह गरे ।
शिपकला र संस्कृती तथा संस्कारलाई उजागर गर्दै कथबनिया समाजले सबैको लागि, समाजको लागि, आफ्नो लागी पनि सम्मानका लागि सृजनात्मक कार्यमा लाग्न उनले आग्रह गरे ।
दुई दिनसम्म चल्ने महाधिवेशनमा देश भरबाटै प्रतिनिधिहरु सहभागी भएका छन् ।