नागरिकता संशोधन विधेयकलाई राष्ट्रघाती भन्दै फिर्ता गर्न माग

Facebook
Twitter
WhatsApp
Print

काठमाडौं, चैत्र २४ गते । संसदमा दर्ता रहेको नागरिकता संशोधन विधेयकलाई राष्ट्रघातीको संज्ञा दिदै उक्त विधेयकलाई फिर्ता गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

आइतबार नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिले आयोजना गरेको विरोध कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जागरण परिषदलगायतका राजनीतिक दल तथा संघ, संगठन सहभागी थिए ।

प्रदर्शनका सहभागीले नागरिकता विधेयक खारेज गर्नुपर्ने, उच्च स्तरीय नागरिकता छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार