‘सभापतिले अपमान गर्नु भो’ : नेता सिटौला

काठमाडौं, चैत २६ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गरेको ग्नासो गरेका छन्। नेता सिटौलाले पार्टी भित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भइरहेको बताएका हुन्।
जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इमान्दार, सक्षम व्यक्तिहरूलाई किनारामा राखेर आफ्नो पकेटका मान्छेलाई जिम्मेवारी दिने काम पार्टी नेतृत्वले गरेपछि पार्टीभित्र कसरी एकता हुन्छ? भनी प्रश्न समेत गरेका थिए।
नेता सिटौलाले युवा सक्षम र इमान्दार भए पनि पार्टी नेतृत्वले सधैं किनारामा पुयाउने गरेको भन्दै आक्रोस पनि व्यक्त गरेका छन्। उनले संवैधानिक आयोगहरूको नियुक्तिमा सरकारले संविधान र कानुन मिच्दा पनि त्यसको विरोधमा बोल्न नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना समेत गरेका छन्। नेता सिटौलाले पार्टीभित्र योग्यता र क्षमताको आधारमा जिम्मेवारी नदिएकै कारण पार्टी आज कम्जोर अवस्थामा पुगेको समेत स्पष्ट पारेका छन्।