खोला किनारमा गाडेको भरुवा बन्दुक बरामद

Facebook
Twitter
WhatsApp
Print

सिरहा, चैत्र २७ गते । सिरहाको घुर्मी खोला किनारमा खाल्टो खनेर पुरी राखेको १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुरको गस्ति टोलीले कल्याणपुर नगरपालिका-२, चतरीघाट स्थित खोला किनारबाट बन्दुक बरामद गरेको हो । खाल्टोमा लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

बन्दुक कसले र किन खोलामा गाडेर राखेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार