दाजुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भाइ पक्राउ

Facebook
Twitter
WhatsApp
Print

बारा, चैत्र २७ गते । आफ्नै दाजुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले बाराको बकैया गाउँपालिका-२ तीन थुम्के बस्ने ४४ वर्षीय सानु लामालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

Advertisement

कुटपिटबाट गम्भीर घाइते भएका उनका ५३ वर्षीय छेगु लामा दोङलाई उपचारको लागि निजगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भाइ सानुलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार