जनकपुरधाम, चैत्र २७ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चैत्र २९ गते देशभर प्रदर्शन गर्ने भएको छ । राजपाले बुधवार एक सर्कुलर जारी गर्दै २९ गते देशभर प्रदर्शन गर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो ।
राजपाका अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीद्धारा हस्ताक्षरित पत्रमा चैत २९ गते सबै जिल्लामा प्रदर्शन तथा कोणसभा गर्न सर्कुलर गरिएको छ ।
संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका ९ बुँदे एजेण्डा बोकेर राजपा आन्दोलनको घोषणा गरेको छ । वर्तमान संघीय सरकारबाट समर्थन फिर्ता लिएकै दिन राजपाले आन्दोलनको घोषणा गर्ने तयारी गरेका थिए ।
संविधान संशोधन गर्न नचाहेको भन्दै ओली सरकारबाट राजपा असन्तुष्ट बनेकै बेला साँसद रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएपछि सरकारबाट समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएको थियो ।
यस्तो छ राजपाको सर्कुलर पत्र, हेर्नुहोस :