तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी

काठमाडौं, चैत्र २९ गते । सरकारले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताएका हुन् ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा आयोजित ५३ औं वार्षिक साधारण सभाको दोस्रो सत्रलाई सम्बोधन गर्दै उनले मझौला खालका व्यवसायीहरु बढ्दै गएका पहाडका जिल्लाहरुमा पनि उद्योग व्यवसायको कामलाई सहज बनाउन सरकारले कर कार्यालय स्थापना गर्दै लैजाने विषयलाई उच्चप्राथमिकता दिएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले भन्सार कार्यालयहरुको पूर्वाधार विकासमा पनि जोड दिने प्रतिवद्धता दोहो¥याए । भन्सार कार्यालयहरुलाई सहज बनाएर व्यवसायीहरुले भोग्दै आएका विभिन्न खालको समस्या समाधान गर्न सरकार लागि परेको दावी मन्त्री खतिवडाको थियो ।