प्रधानमन्त्रीले भोली राष्ट्रका नाममा सम्बोधन गर्ने

Facebook
Twitter
WhatsApp
Print

काठमाडाैं, चैत्र ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले २०७५ सालभित्र सरकारले हासिल गरेका उपलब्धि तथा ०७६ सालमा सरकारका नीति तथा योजनालगायत विषयमाथि सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

प्रधानमन्त्रीले आइतबार बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनमार्फत सम्बोधन गर्ने अर्यालले बताए।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार