काठमाडौं, बैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने बताएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रमलाइ सम्बोधन गर्दै उनले वृद्धभत्ता बढ्ने बताएका हुन् ।

‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने ।
वृद्धि भत्ता बढ्छ भन्ने सबैलाई थाहा भएको प्रधानमन्त्रीले दावी गरे । ‘बाआमाहरुले मरिन्छ कि भन्ने कुरा गर्नुभयो’ उनले भने वृद्धभत्ता बढ्दैछ ।’ वृद्धभत्ता बढ्ने कुराले पनि वृद्धवृद्धामा बाँच्ने मनोविज्ञान र आयु बढाएको प्रधानमन्त्री ओलीले जिकिर गरे ।