• The Public Today
  • सर्लाहीमा बँदेलको आक्रमणबाट सात जना घाइते


    सर्लाही, बैशाख ३ गते । सर्लाहीमा बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । जिल्र्लाको चक्रघट्टा गाउँपालिका -७ मा सोमबार बेलुका बँदेलको आक्रमणबाट सात जना घाइते भएका हुन् ।

    उखुबारीबाट निस्केको जंगली बँदेलले आक्रमण गर्दा खेतमा काम गरिरहेका स्थानीय ६० वर्षका भुईला महतो, ४२ वर्षका रामनरेश महतो, १५ वर्षका संजय सहनी ,७ वर्षका मनिष सहनी र रामनरेश राय  घाइते भएका हुन् ।

    Advertisement

    बँदेलले उनीहरको शरीरको विभिन्न ठाउँमा टोकेको छ । बँदेलको आक्रमणबाट घाइते भएका सबैजनाले जिल्ला अस्पताल मलंगवामा उपचार गरी घर फर्किएका छन् ।

    सर्लाहीमा पछिल्लो समय जंगली बँदेलले खेतीपाती नष्ट गरेर किसानलाई हैरान पारेको छ। जंगलबाट आहार खोज्दै  उखु बारीमा पुगेको बँदेल पनः जंगल नफर्किने गरेपछि अहिले खेतबारीमा बसेर अन्नपात नष्ट गर्ने गरेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस