जनकपुरको मिठाइमा अखाद्य वस्तुको प्रयोग !

जनकपुरधाम, बैशाख ४ गते । राष्ट्रिय मानवअधिकार आयोगको अगुवाईमा जनकपुरमा बजार अनुगमन गरिएको छ । मिठाइ पसल अनुगमनका क्रममा व्यवसायीहरुले प्रतिवन्धित  केमिकल प्रयोग गरेर मिठाई उत्पादन तथा विक्री वितरण गरेको भेटिएको हो । व्यवसायीले मिठाईमा फिट्करी, अधिक मात्रामा हाइड्रो, सेफालाइट जस्ता प्राणघातक केमिकल समेत प्रयोग गर्ने गरेको पाइएको हो ।

Advertisement

अनुगमन टोलीले जनकपुरको जानकी चोकमा रहेको हंसराज मिठाइ कारखानाको अनुगमन गर्दा व्यवसायीले उपभोक्तामाथि खेलवाड गर्दै जथाभावी मिठाइ उत्पादन तथा विक्री वितरण गर्ने गरेको भेटिएको हो ।

टोलीले रघुपति मिष्ठान भण्डार तथा ओम बेकरीको कारखानाको पनि अनुगमन गरेको छ । रघुपतिले पनि मिठाइ उत्पादन गर्दा फोहोर घ्यू प्रयोग गरेको कुहिएका पाउरोटी, प्रतिबन्धित पाउडर दूध, फिट्करी, हाइड्रो लगायतका विषयूक्त केमिकल तथा मसला प्रयोग गर्ने गरेको भेटिएको अनुगमनको नेतृत्व गरेकी राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अंसारीले बताइन् । उनले जनकपुर उपमहानगरपालिका तथा प्रमुख जिल्ला अधिकारीलाई व्यवसायीको मनपरी नियन्त्रण गर्न र आवाश्यक कानुन बनाएर गलत गर्नेलाइृ कारवाही गर्न निर्देशन समेत दिइन् ।

Advertisement

अनुगमन टोलीले हंसराज मिठाई पसल तथा उद्योगबाट १८ बोरा सागर स्किम मिल्क पाउडर, १ बोरा कुहिएको ईमली नियन्त्रणमा लिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका खाद्य निरिक्षक प्रविण तिवारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले व्यवसायीले मिठाइमा अखाद्य वस्तु मिसावट गरेको पाएकाले कानूनी कारवाही गर्ने बताए ।

टोलीले नीजि विद्यालयमा समेत अनुगमन गरेको छ । जनकपुरको ब्राण्डेड मदरटेरेसा स्कुलमा स्वच्छ तथा सफा खानेपानीको अभाव रहेको तथा होस्टेल र कोठा समेत साँघुरा पाइएकाले आयोगले होस्टेल बन्द गर्न निर्देशन दिएको छ ।

त्यसैगरी जनकपुरकै जय श्रीराम डिष्ट्रिव्यूटर्समा अनुमगन गर्दा म्याद गुज्रेको मदिरा, भेटिएको थियो । 

आयोग सदस्य अन्सारीसँगै अनुगमन टोलीमा जिल्ला प्रशाशन कार्यालय, जनकपुर उप–महानगरपालिका मेयर लालकिशोर साह, उपभोक्ता हकहित संरक्षण मंचका अध्यक्ष ज्योति बानियाँ, प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि सहभागि थिए । साभार : रातोपाटी

Scroll to Top