मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

Facebook
Twitter
WhatsApp
Print

द पब्लिक टुडे समाचारदाता
गौशाला, वैशाख ५ गते ।
जनकपुरधाम मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। धनुषा प्रहरीको विशेष टालीले ६ वटा मोटरसाइकलसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ११ बस्ने असलम राइन, वडा नं। ४ बस्ने दीपकुमार महतो, वडा नं।७ बस्ने सञ्जीवकुमार साह, १ वस्ने अरविन्दकुमार साह र धनुषाकै धनौजी गाउँपालिका वडा नं. १ वस्ने हसिबुल नदाफ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनीहरूको साथबाट ज. ११ प ६०८९ नं. को हिरो एचिभर आईएसओ, ज. ९ प ४६१८ नम्बरको सुपर स्पलेण्डर, ज.१ प ८२ ९५ हिरो होण्डा स्पलेण्डर, ना. ३५ प ५९२० नं. को बुलेट, बा ७८ प ११८४ नं. को बजाज डिस्कभर र ज. १३ प १५१७ नं. को मोटरसाईकल बरामद गरिएको छ।

पक्राउ परेको सबैजनालाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार