विद्यार्थी भर्ना अभियानमा तीव्रता

Facebook
Twitter
WhatsApp
Print

द पब्लिक टुडे समाचारदाता
गौशाला, वैशख ७ गते ।

महोत्तरीको बर्दिबास नगरपालिका–१२, चल्की बिजलपुरा स्थित नेपाल राष्ट्रिय नारायणी आधारभुत विद्यालयले विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ ।

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ नेपाल राष्टिूय नारायणी आधारभूत विद्यालयले वैशाख ३ गतेबाट विद्यार्थी भर्ना अभियान थालेका हुन् ।

भर्ना अभियानले वैशाख ३ गतेदेखि ६ गतेसम्ममा विधालय बाहिर रहेका ८१ जना बालबालिकाहरुलाई विद्यालयमा ल्याउन सफल भएको स्थानिय समाजसेवी हरदेव महतोले बताए । उनले भने, ‘यसवर्षदेखि ९ कक्षा पनि सञ्चाल आउने भएकोले अभिभावहरुले आआफ्ना बालबालिका विद्यालय पठाउन अग्रसर भएका छन् ।’

यो समाचार आजको द पब्लिक टुडेका समाचार छ । उत्साहका साथ विद्यालयका प्रधानाध्यापक, वडा प्रतिनिधि र अभिभावकहरु विद्यार्थी भर्ना अभियानका लागि घरदैलोमा पुगिरहेको छ । ‘पहिलो चरणमा नियमित रूपमा वैशाख ३ गतेदेखि भर्ना अभियान चलेको छ’, विद्यालयका प्र.अ. विनोद साहले बताए ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार