• The Public Today
  • आईपीएल : रोमाञ्चक खेलमा बेंग्लोरको जित


    गौशाला, वैशख ७ गते ।
    इन्डियन प्रिमियर लिगको १२औँ संस्करण अन्तर्गत शुक्रबार भएको रोमाञ्चक खेलमा रोयल च्यालेञ्जसै बेंग्लोरले कोलकाता नाइटराइडर्सलाई १० रनले हराएको छ ।

    कोलकाता नाइटराइडर्सका लागि नितीश राणा र आन्द्रे रसेलले विस्फोट पारी खेले पनि बेंग्लोरले दिएको २१४ रनको विशाल लक्ष्य भने पछ्याउन सकेनन् ।

    २१४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनायो ।

    Virat Kohli (c) of Royal Challengers Bangalore celebrates his century during match 35 of the Vivo Indian Premier League Season 12, 2019 between the Kolkata Knight Riders and the Royal Challengers Bangalore held at the Eden Gardens Stadium in Kolkata on the 19th April 2019 Photo by: Ron Gaunt /SPORTZPICS for BCCI

    कोलकाताका लागि नितीश राणाले नटआउट ८५ रन बनाउँदै आन्द्रे रसेलले ६५ रन बनाए । आन्द्रे रसेलले मात्रै २५ बलमा ६५ रन बनाए । अन्तिमसम्म उनी टिकेको भए खेलको नतिजा नै अर्कै हुन सक्थ्यो । आउनेबित्तिकै उनले छक्काको वर्षा गर्न थालेका थिए । उनले दुई चौका र ९ छक्का प्रहार गरे ।

    बेंग्लोरका लागि डेल स्टेनले २ तथा नवदीप सैनी तथा मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।

    त्यसभन्दा अघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २१३ रन बनाएको थियो । आरसीबीका कप्तान विराट कोहलीले विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ५८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा १०० रन बनाएका हुन् । यो विराटको आईपीएलमा पाँचौ शतक पनि हो ।

    त्यस्तै आरसीबीका लागि मोइन अलीले मात्र २८ बलमा ६६ रनको योगदान दिए । उनले ५ चौका र ६ छक्का प्रहार गरे ।

    कोलकाताका लागि ह्यारी गुर्ने, सुनिल नारायण, कुलदीप यादव र आन्द्रे रसेलले एक–एक विकेट लिए ।

    जितसँगै आरसीबीले ९ खेलमा २ खेलमा जित हात पार्दै ४ अंक बनाएको छ ।


    क्याटेगोरी : खेलकुद


    प्रतिक्रिया दिनुहोस