हस्पिटलको शौचालयमा झुन्डिएको अवस्थामा नर्सको शव फेला

द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, बैशाख ८ गते ।
जनकपुरधाम उपमहानगरपालिका-८ बजरंग चाैकस्थित रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

आइतबार हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनले लगभग राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी थिइन् । झुन्डिएको अवस्थामा फेला परेको रक्षाको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उक्त हस्पिटल स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवको हो ।

Scroll to Top