संघीय संसद्को बजेट अधिवेशन बैशाख १६ गतेदेखि

 

काठमाडाैं, बैशाख ८ गते । संघीय संसद्को बजेट अधिवेशन बैशाख १६ गतेदेखि सुरु हुने भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी बैसाख ११ गते ९ दिनका लागि चीन भ्रमणमा निस्कने भएका कारण अधिवेशन चाँडो बोलाउने तयारी भएको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

यसअघि गत पुस ११ देखि सुरु भएको हिउँदे अधिवेशन चैत १० मा अन्त्य भएकाे थियाे। साे क्रममा प्रतिनिधिसभातर्फ २३ वटा विधेयक दर्ता भएका थिए। त्यसमध्ये दुवै सदनबाट १३ विधेयक पारित भई प्रमाणीकरण भएका थिए ।

राष्ट्रियसभातर्फ ७ विधेयक दर्ता भई ३ वटा प्रमाणीकरण भएका छन् । प्रतिनिधिसभातर्फ १० विधेयक पारित हुन बाँकी छन् भने राष्ट्रियसभामा दर्ता भएका विधेयक मध्ये ४ विधेयक पारित हुन बाँकी रहेका छन् ।

Scroll to Top